Complete English Notes

11/12 and Bachelor Levels' Complete English Notes

Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Monday 19 July 2021

साउन भित्रै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी


साउनभित्रै कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएसैंगै राष्ट्रिय परीक्षा बोर्डले साउनको चौँथो हप्ता देखि परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको सो प्रस्तावप्रति सीसीएमसी सकारात्मक देखिएको छ । सीसीएमसीले अनुमति दिने बितिकै परीक्षा सञ्चालन गराउने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

“सीसीएमसीको निर्णय बोर्डमा आउनने बितिकै परीक्षा तालिका सार्वजनिक गरिने छ । उनले भने, हामी साउनको तेस्रो साता परीक्षा सञ्चालन गर्ने सोचमा छौं ।”

परीक्षा नियन्त्रक कृष्ण शर्माले भने, “परीक्षा केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गर्ने निष्कर्षमा पुगेका छौँ । अब छिट्टै निर्णय हुनेछ ।” उनले गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन र लिखित परीक्षाको विधि नदोहोर्याइ निर्धारित पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गर्ने बताए । उनले उच्च शिक्षामा अध्ययनका लागि विद्यार्थीहरुलाई निकै ढिला भइसकेकोले निकासका लागि परीक्षा साउनभित्रै सञ्चालन गर्नुपर्ने चुनौती रहेको बताए ।

परीक्षा नियन्त्रक शर्माले ‘होम सेन्टर’ कायम गरी परीक्षा सञ्चालन गर्न समस्या नहुने तर्क गर्छन् । “होम सेन्टर भएमा परीक्षार्थीलाई आफ्नै विद्यालयमा गएर परीक्षा दिन समस्या हुँदैन” उनले भने, “कक्षा १२ कोमात्र परीक्षा हुने भएकाले सामाजिक दूरी कायम गर्न पनि समस्या हुँदैन । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।”

Source: EduPatra

No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.