Complete English Notes

11/12 and Bachelor Levels' Complete English Notes

Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Tuesday 31 August 2021

Pantomime



२०७८ भदौ १५ गते
शिशिर ज्ञवाली
मयुर टाईम्स न्यज, पोखरा ।कमेडी च्याम्पियन २ को टप ४ को प्रतिस्पर्धा सकिए संगै यो कार्यक्रम केहि विवादमा आएको छ । यो संगै हास्यब्यङ्गको एउटा नयाँ शैलि पेन्टोमाईमले पनि चर्चा पाएको छ । सिक्किम बाट कमेडी च्यापिएनको प्रतिस्पर्धाको लागि आएका बिक्की अग्रवालले नेपाली हास्यब्यङ्गको लागि नयाँ भएको शैली पेन्टोमाईम प्रस्तुत गरिसकेपछि पेन्टोमाईमको चर्चा र कमेडी च्याम्पियन केहि विबादमा आएको हो । बिशेष गरि चार निर्णयकहरु मध्य सन्तोस पन्त बाट अग्रवालले पाएको टिप्पणीको कारण च्यापियनको आलोचना भएको हो । पन्त लाई हसाउने नयाँ शैलि बारे ज्ञान नभएको र प्रतिस्पर्धी लाई हतोत्साहित गराएको भनि सामाजिक संजालमा उनको आलोचना भएको छ । अर्को तिर अग्रवालले पनि मिश्रित प्रतिक्रिया पाएका छन ।केहि दर्शकले यस्तो कठिन मोडमा आएर नयाँ स्वाद पस्किन र केहि फरक गर्न आट गरेको भन्दै उनको तारिफ गरेका छन भने केहिले हसाउने कार्यक्रममा आई हसाउन नसकी बरु रुवाएको भनि प्रतिक्रिया समेत दिएका छन । अन्य तिन निर्णायकहरु मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराईले अग्रवालको प्रस्तुति बारे सकारात्मक टिप्पणी गरेका थिए साथै नयाँ शैली पस्केकोमा उनको प्रसंशा समेत गरेका थिए । तर अर्का निर्णायक पन्तले अग्रवाल माथि गरेको खरो टिप्पणीको कारण पन्त प्रति दर्शक असन्तुष्ट देखिएका छन । दर्शकले उनलाई हास्यब्यङ्गको नयाँ शैली बारे ज्ञान नभएको र कलाको बिबिधतालाई स्वीकार गर्न नसकेको भन्दै दर्शक उनि माथि खनिएका छन । पन्तले अग्रवालको प्रस्तुति माथि दिएको टिप्पणी यस्तो थियो, “हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ । यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ । हाम्रो समाजले यसलाई वुझ्दैनन् मैले त वुझिनँ । फिलोसोपी त भयो । तर तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त ? यहाँ त कोही हाँसेन । हाम्रो आफ्नै स्टाइल छ । यसलाई फलो गर ।“

वर्तमान अवस्था सम्मको नेपाली हास्यब्यङ्गको प्रवृति हेर्ने हो भने मुख बंग्याउने, अरुको बोलीको नक्कल गर्ने, राजनिति ब्यङ्ग गर्ने, सामाजिक ब्यङ्ग गर्ने, रोस्टिंग (व्यक्तिगत रुपमा कसैलाइ उडाउने) र दोहोरो अर्थ आउने सम्बादहरुको सहयोग लिई हसाउने प्रकृतिका छन । यस्तो अवस्थामा आफैले जोखिम मोल्दै र आफ्नो जित हारको वास्ता नगरी आत्मविश्वासी भई आफ्नो प्रस्तुति दिएकाले अग्रवालले यो क्षेत्रको लागि केहि नयाँ दिन कोशिस गरेको भनि उनको प्रसंशा पनि भएको छ ।

खासमा के हो त पेन्टोमाईम? पेन्टोमाईम भन्ने शब्द ग्रीक भाषाको पेन्टोमिमोस भन्ने शब्द बाट आएको हो जसको अर्थ कुनै शब्दहरुको प्रयोग नगरी शारीरिक हाउभाउ र अनुहारको अभिव्यक्ति द्वारा प्रभावकारी रुपले कुनै कथा भन्नु हुन्छ । सोह्रौ शताब्दीमा इटालीबाट सुरु भएको यो विधाको इतिहास लामो नै छ । मध्य सोह्रौ शताब्दीमा यो विधा इटाली बाट फ्रान्स सम्म आइपुग्दा युरोप भरिनै फैलिएको र बेलायतमा पनि यसको सुरुवात भई चर्चित भएको इतिहास भेटिन्छ । बिकसित हुदै गर्दा यो शैली एक प्रकारको नाटकीय रमाइलो विधाकोे रुपमा रहेको थियो जसलाई अंग्रेजी बोलिने देशहरुमा क्रिसमस पर्वको वरिपरी र नयाँ बर्षको बेलामा अनुहारमा रंग पोतिएका अथवा फेस मास्क (अनुहारमा लगाउने नकाब अथवा मुखौटा) लगाएका कालाकारहरु द्वारा प्रस्तुत गरिन्थ्यो । यो विधा हासोको र दर्शकको सहभागिताको रुपमा चिनिन्थ्यो । यसलाइ विशेष गरि बच्चाहरु र युवाहरुको लागि पनि प्रस्तुत गरिन्थ्यो । बिकसित हुदै आधुनिक बनेको यो विधा एक रोमान्चक विधाको रुपमा चिनिन थालेको छ । बर्तमान समयमा पेन्टोमाईममा विभिन्न रुपहरु समाबेश भएको पाइन्छ जस्तै जेन्डर कर्सिंग एक्टिंग (महिलाले पुरुषको भेष र पुरुषले महिलाको भेष गरि अभिनय गर्ने), स्ल्यापिस्टिक कमेडी (हास्यब्यङ्गको अभिनय जसमा हासो उत्पन्न गराउनको लागि हिंसात्मक क्रियाकलापहरु गरिन्छन), गित, नाच, र टपिकल ह्युमर (समसामयिक घटनाहरु तथा बिषयहरु माथिको हासो अनि ब्यङ्ग) ।

- Source:  MayurTimesNews

Click Here for the Link: https://www.mayurtimesnews.com/news/4527

No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.