Complete English Notes

11/12 and Bachelor Levels' Complete English Notes

Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Friday 27 August 2021

कक्षा १२ को परीक्षा भदौ अन्तिममा


Admission Open for Class 11 at Kalika Multiple Campus. Listen to the the audio file.



कोभिड१९ को अधिक जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको छ। अहिलेसम्म पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको र  अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।


गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोनाको जोखिमका कारण अन्तिम समयमा स्थगित भएको थियो। स्वास्थ्य तथा शिक्षा समितिको अनुसार सबै विद्यार्थीलाई खोप पुग्ने भएकाले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने तयारी रहेको छ।


यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना सर्वाजनिक गरी मन्त्रालयकै अनुरोधमा सरकारले १८ वर्ष र सोभन्दा बढी उमेरका सबै विद्यार्थीलाई खोप उपलब्ध गराउने व्यवस्था गरेको र आफूलाई पाएक पर्ने खोप केन्द्रबाट खोप लगाउन सबै विद्यार्थीलाई अनुरोध गरिएको उनको भनाइ छ। विद्यार्थीलाई खोप लिनका लागि सहजिकरण गरिदिन शिक्षण संस्थालाई समेत आग्रह गरिएको जानकारी उनले गराए।

 

No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.